आखिर के शक्ती छ त बनझाक्रीको हड्डीमा ? के साच्चिकै यसको अर्बौ पैसा आउछ त ? किन मान्छेहरु यसको पछाडि दौडधुप गरेर लागि परेका छन ?
तपाईंहामीले बनझाक्रीको बारेमा हाम्रा हजुरबा हजुरआमा तथा अन्य बुढापाका हरुले भनेको कुरा सुन्दै आएका छौ । बनझाक्रिले बाल्बालिका हरुलाई लाने गरेको र केही दिन, महिना, या बर्ष पछी छोडिदिने गरेको पनि सुन्दै आएका छौ ।
अझ अहिले त त्यस्ता धेरै धामी झाक्रिहरु छन, जो आफुलाई बन्झक्रिले लगेको र आफुलाई विभिन्न मन्त्रहरु सिकाएर शक्ती दिएको ठोकुव गर्छन् । जुन किसिमका भिडियोहरु यू ट्युब तथा बिभिन्न वेब साइट हरुमा शाहअजै देख्न र हेर्न पाईन्छ ।
बन्झाक्रिको बारेमा यकिन तथ्य नभएपनी केही किम्वदन्तिहरु र यसको चमत्कारीक शक्तिहरुको बिषयमा धेरै जनाले कुरा गरेको पाईन्छ । ठुला पानिका झर्ना , छहरा , डरलाग्दो भिर , बनजङल इत्यादी सजिलै मान्छेहरु नपुग्ने ठाउमा बनझक्री बस्छ भन्ने विश्वाश गरिन्छ। कुनै पनि चोटअपटक नलागेको तथा आगोले नपोलेको जुन कुनै पनि ब्यक्तिहरु लाई बनझक्रिले लाने गर्छ र केही समय या दिन रखेर उक्त ब्यक्तिलाई बिभिन्न तन्त्र मन्त्रहरु सिकाएर छोडिदिन्छ भन्ने विश्वाश गरिन्छ। अझ केही बुढापाका हरु आफुले बनझक्री देखेको र घाम र पानी दुबइ पारीरहेको बेलेमा एउटा डम्फु बजाउदै हिंड्ने गरेको बताउछन। अहिले बनझाक्री लोप हुन लागेको र कही कतै बिकट ठाउमा हुनेपनी गरेको सुन्न पाईन्छ ।
अब चर्चा गरौ बनझाक्री को हड्डी को शक्ती को बारेमा ।
बनझाक्री मरिसकेपछी उसको शरीरको हड्डी हरुमा अझै पनि शक्ती हुने गरेको भन्ने कुराको विश्वाश गरी छिट्टै पैसा कमाएर धनी बन्ने प्रलोभनमा परी बिभिन्न ब्यक्ती का समुहहरु यसको खोजिकार्य मा लागेको भिटियो । कही उक्त हड्डी भेटिएको र त्यसमा शक्तिपनी रहेको भनेर केही समुहहरु त्यसलाई बेची अर्बौ पैसा कमाउने प्रलोभनमा परेका छन ।
उक्त हड्डिको छेउमा कुनै कोपिला फुल छोयो भने तुरुन्त फुल्ने, काँचो फलफुल जस्ताइ केरा तुरुन्त पाक्ने, बन्द भएको ताला खोल्ने र कुनै डकुमेण्टको फोटोकपी पनि निकाल्ने जस्तो चामत्कारीक शक्ती हुने विश्वाश गरिने रहेछ । यसलाई बिदेशिहरुले अर्बौ पैसा खर्छ गरेर किन्ने गर्छन् भनेर केही समुहहरु यसको खोजी कार्यमा लागेको सुन्न सकिन्छ ।
तर आजसम्मा त्यस्तो कारोबार नभएको तर अर्बौ पैसा आउने प्रलोभनमा परी त्यस्ता ब्यक्तिहरु आफुनै डुबेको जानकारहरु बताउछन । अझ केही त्यस्ता ब्यक्तिहरु प्रहरिको फन्दामा परेका रहेछन ।
कती तपाईं पनि यस्तो कार्य मा लाग्नु भएको त छैन ? साबधान हुनुहोस् भनेर नै यो लेख तयार गरिएको हो । यसै सम्बन्धी अर्को लेख पनि पढ्न चाहनु हुन्छ भने कृपया यसलाई सक्दो सेयर गर्नुस् ।
बाँकी कुराहरु बुझ्नको लागि भिडियो पनि हेर्न सक्नुहुन्छ ।
Leave a Reply