बिष काट्ने कचौरा

तपाईंलाई थाहा छ ? यस्तो थाल या कचौरामा बिष हालेर खायो भने पनि मृत्‍यु हुँदैन । आखिर के शक्ती छ त्यस्तो भाडामा ? जसले बिषलाई मार्ने काम गर्छ । पुरा जानकारी पाउन को लागि पुरा लेख पढ्नु होला । यस्तो अद्भुत शक्ती भएको भाडाको बारेमा तपाईंले पढ्नु वा सुन्नु भएको छ कि छैन ? तपाईं हामीले प्रयोग गर्ने भाडा कुडा हरु प्राय स्टील तथा आल्मुनियम ले बनेको हुन्छन । तामा पित्तल र फलाम को भाडा हरु पनि प्रयोग भएको पाईन्छ । तर यो भाडा त्यस्तो धातुबाट बनेको छ , जसले बिष काट्ने काम गर्छ । यस्ता भाडाकुडाहरु उहिलेका राजा महाराजा हरुले प्रयोग गर्ने गर्थे भनेर विश्वाश गरिन्छ । किनकी कुनै दुश्मनले राजा हरुलाई मार्नको लागि बिष हालेर खाना खुवाएपनी मृत्‍यु नहुने भएर पहिलेका राजा महाराज तथा ठुला ब्यक्ती हरुले यस्तो भाडाकुडा प्रयोग गर्ने गर्थे । यस्त भाडाकुडा हरु बिदेशिहरुले किन्ने र करोडौ पैसा आउने लोभमा परी धेरै समुहहरु यसको खोजिमा सकृया रहेका छन । उक्त भाडाकुडा चेक गर्ने बिधिपनी बडो अनौठो किसिमको रहेछ । त्यस्ता भाडामा निर हल्ने र पानी हल्ने र केही समय पछी उक्त निर र पनिको घूल धुद जस्ताइ गरी फाटेमा त्यस भाडाले बिष काट्ने गरेको भनिदो रहेछ । अझ कसै कसैले त त्यो भाडामा केही पानी र मेटासिट मिसाएर कुखुरालाई खुवाउने र केही समय पछी कुखुरा मरेन भने त्यो थाल या कचौराको शक्ती रहेको विश्वाश गरिने रहेछ ।

तपाईंहरुले झर्का तथा कास को थाल कचौरा या अन्य भाडाकुडा हरु त देख्नु र प्रयोग गर्नु भएको होला । तामाको गाग्री मा पानी राख्यो भने पानी शुद्द हुने झर्काको थाल कचौरामा खाना खायो भने रोग नलाग्ने विश्वाश गरिन्छ । किनकी यस्ता भाडाकुडामा शरीरलाई हानी गर्ने ब्याक्टेरिया अर्थात किटाणु हरु नस्ट गर्ने क्षमता हुने बैज्ञानीक हरुले पनि प्रमाणित गरिसकेका छन । तामा पित्तल झर्का कास आदी धातुबाट बनेका भाडाकुडा हरु अन्य भाडाकुडा हरु भन्दा महँगो हुने गरेको छ । झन हिन्दू धर्ममा त तामा पित्तल झर्का लाई बढी महत्वका साथ हेर्ने गरिन्छ । कुनै पूजा आजा गर्दा तामा तथा पित्तल का कलश तथा अन्य कुराहरु भएमा शुद्द र पवित्र हुने विश्वाश गरिन्छ।

तर अहिले का तामा, पित्तल, तथा झर्का का भाडाकुडा बनाउदा अन्य धातुहरु पनि मिश्रण गरिएको र बिभिन्न रसायन हरु प्रयोग भएको ले गर्दा बिषनै काट्ने शक्ती भने नहुने जानकार हरु बताउछन । धेरै पहिले बनाइएका त्यस्ता भाडा हरुमा भने कुनै मेसिन, रासायनिक पदार्थ र कुनै पनि मिसावट नगरि बनाइएका हुनाले बिभिन्न हानिकाराक ब्याक्टेरिया, किटाणु तथा जिबाणु हरु नस्ट गर्ने क्षमता बढी भएको ले गर्दा त्यस्ता बस्तु हरु बढी खोजी हुने गरेको पाईन्छ । हरेक पुराना तथा दुर्लभ बस्तुहरु सिमित मात्रामा भएको र मुल्य पनि धेरै हुने गरेको छ । शायद तपाईंहरुको घरमा पनि त्यस्ता बस्तुहरु छ होला ।  तर करोडौ को प्रलोभन मा भने नपर्नु होला । यस्ता सामान हरु खोजी गर्ने गिरोह हरुले तपाईंलाई नै फसाउन सक्छन । यदी तपाईं हरु सँग त्यस्ता बहुमुल्य बस्तुहरु छ भने कुनै भरपर्दो जनकार को सल्लाह लीई कारोबार गर्नुहोला। बाँकी कुराहरु बुझ्नको लागि भिडियो पनि हेर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *